७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या « Khabarhub

७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा। बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग दाँत नमाझ्ने, बजारमा पाइने तयारी खाना खाने गर्दा तथा चकलेट, बिस्कुटलगायत गुलियो खानेकुरा खाँदा दाँत किराले खाने समस्या देखिएको बताए ।

६८ वटा विद्यालयमा गरेको अध्ययनमा २४ हजार एक सय ५४ जना विद्यार्थीको दाँतको अवस्था परीक्षण गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ३७ बजे

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार पूर्वी युक्रेनको युद्धग्रस्त लिमान क्षेत्र

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये