वरिष्ठ अधिकृत सम्मेलन सम्पन्न « Khabarhub

वरिष्ठ अधिकृत सम्मेलन सम्पन्न


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालन भएको ‘वरिष्ठ अधिकृत सम्मेलन, २०८०’ को चैत्र ६ गते समापन भएको छ । सो सम्मेलन यही चैत्र ४ गतेदेखि संचालन भएको थियो ।

गृहसचिव अर्यालले कार्यक्षेत्रमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउनका लागि मन्त्रालयको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै वरिष्ठ अधिकृत सम्मेलनबाट तयार भएका प्रतिवेदनहरुलाई कार्यान्वयनको लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

उनले संगठनले बोकेको विशेष उद्देश्य, जिम्मेवारी, परिचालन, तौर तरिका, निर्णय, सीमा सुरक्षामा चाहिने आवश्यक उपकरण र संगठनको बृत्तिविकासमा आफु सदैव सकारात्मक रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले देखाएको तत्परता र निभाएको भूमिका समेतको प्रशंसा गरे ।

गृहसचिव अर्यालले सशस्त्र प्रहरी बल नेपालको बृहत्तर विकासको लागि ऐन कानूनको निर्माण गर्न आवश्यक रहेको, सीमामा रहेका बिओपीहरुको समस्याहरुबारे आफु जानकार रहेको बताउँदै यस प्रकारको सम्मेलन संगठनको गतिशिलताको लागि अति आवश्यक रहेको र यसले कार्यशैलीमा प्रभावकारिता, कर्मचारीहरुमा सामिप्यता बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले यस प्रकारका छलफलले कानूनी, व्यावहारिक, नीतिगत समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने तथा आगामी दिनको कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले परम्परागत रुपमा संचालन गर्ने सम्मेलन मात्र नभई यस सम्मेलनमा साना–साना कुराहरुको समेत ध्यानमा राखी सुधार गर्नुपर्ने कानूनी ऐन, नियम, परिचालन लगायतका विविध विषयहरुमा गहन रुपमा छलफल भएको बताए ।

उनले संगठन विकासको निमित्त हामीले नै गर्नुपर्ने, कमीकमजोरी छन् भने सुधार गर्दै लगिनु पर्ने र सबैको संयुक्त कार्य नै संगठनको हितमा केन्द्रित हुनुपर्ने समेत बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशिराज दाहाल लगायतले संगठनका विविध विषयमा भएको छलफलले समस्याको पहिचान र समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा सबै बाहिनीका बाहिनीपति लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ४७ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने