फलफूलको चिया खाँदा हुने फाइदाहरू « Khabarhub

फलफूलको चिया खाँदा हुने फाइदाहरू


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली समाजमा चिया एउटा लत जस्तै बनेको छ । अधिकांशले चियामा ‘मिल्क टी’ र ‘ब्ल्याक टी’ खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।

कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले नेपालका सहरमा पाइन थालेको छ ।

शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले कुनै हानी पुर्‍याउँदैन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको विशेषता हो । यसले स्वास्थ्यमा धेरै लाभ पुर्‍याउँछ ।

उखु बाहेकका फलफूलमा कार्बोहाइड्रेट धेरै मात्रामा हुन्छ। फलफूलमा प्रोटिन र चिल्लो पदार्थ नहुने भएकाले कम क्यालोरीको भोजनको योजना गर्दा फलफूल समावेश गर्नुपर्छ ।

भिटामिन सी बाहेक पहेँलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पनि हुन्छ । फलफूल तथा सागसब्जीमा प्रशस्त एन्टिअक्सिडेन्ट तत्त्वहरू जस्तै- भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम पाइने भएकाले मुटुसम्बन्धी रोगको सम्भावना कम गर्न फलफूलको सेवन गर्नु पर्ने अध्ययनले देखाएको छ ।

घरमा सजिलै फलफूलको रस निकालेर बनाउन सकिने फलफूलको चिया स्वस्थ र केमिकलरहित हुन्छ ।

स्वाद अनुसारका अर्ग्यानिक फलफूलको चिया बच्चादेखि बूढाबूढी अनि बिरामी सबैले खान मिल्छ । मौसम अनुसारका जुनसुकै फलफूलको पनि चिया बन्न सक्छ ।

फलफूलको चिया बनाउन एउटा सफा भाँडोमा थोरै चिया पत्ती र एक कचौरा काटेको फलफूलको टुक्रा हालेर केही बेर उमाल्ने र यसलाई सेलाएर वा तात्तातै पनि खान सकिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ५५ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन