फलफूलको चिया खाँदा हुने फाइदाहरू « Khabarhub

फलफूलको चिया खाँदा हुने फाइदाहरू


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली समाजमा चिया एउटा लत जस्तै बनेको छ । अधिकांशले चियामा ‘मिल्क टी’ र ‘ब्ल्याक टी’ खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् ।

कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा हुने फलफूलको चिया अहिले नेपालका सहरमा पाइन थालेको छ ।

शारीरिक रूपमा अस्वस्थ रहेका चिया पारखीलाई फलफूलको चियाले कुनै हानी पुर्‍याउँदैन । फलफूलमा पाइने भिटामिनहरू चियामै पाइने फलफूल चियाको विशेषता हो । यसले स्वास्थ्यमा धेरै लाभ पुर्‍याउँछ ।

उखु बाहेकका फलफूलमा कार्बोहाइड्रेट धेरै मात्रामा हुन्छ। फलफूलमा प्रोटिन र चिल्लो पदार्थ नहुने भएकाले कम क्यालोरीको भोजनको योजना गर्दा फलफूल समावेश गर्नुपर्छ ।

भिटामिन सी बाहेक पहेँलो रंगको फलफूलमा बिटा क्यारोटिन भिटामिन ए पनि हुन्छ । फलफूल तथा सागसब्जीमा प्रशस्त एन्टिअक्सिडेन्ट तत्त्वहरू जस्तै- भिटामिन ए, सी, ई र खनिज पदार्थ सेलिनियम पाइने भएकाले मुटुसम्बन्धी रोगको सम्भावना कम गर्न फलफूलको सेवन गर्नु पर्ने अध्ययनले देखाएको छ ।

घरमा सजिलै फलफूलको रस निकालेर बनाउन सकिने फलफूलको चिया स्वस्थ र केमिकलरहित हुन्छ ।

स्वाद अनुसारका अर्ग्यानिक फलफूलको चिया बच्चादेखि बूढाबूढी अनि बिरामी सबैले खान मिल्छ । मौसम अनुसारका जुनसुकै फलफूलको पनि चिया बन्न सक्छ ।

फलफूलको चिया बनाउन एउटा सफा भाँडोमा थोरै चिया पत्ती र एक कचौरा काटेको फलफूलको टुक्रा हालेर केही बेर उमाल्ने र यसलाई सेलाएर वा तात्तातै पनि खान सकिन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ५५ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन