प्रतिनिधिसभा अन्तर्गत कानून र शिक्षा समितिको बैठक बस्दै « Khabarhub

प्रतिनिधिसभा अन्तर्गत कानून र शिक्षा समितिको बैठक बस्दै


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका दुई वटा समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतका कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

जसमा कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारमा रहेका कैदी एवं थुनुवाको मानवअधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण तथा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ९ : ४२ बजे

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह