दुर्घटनामा मोटरसाइकल चालककाे मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालककाे मृत्यु


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लामालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । लामाको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : २० बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष