आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : डा महत « Khabarhub

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : डा महत


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिए । 

आर्थिक वर्ष २०८१- ८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले भने. ‘अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।’

सामाजिक सुरक्षामा ठूलो दायित्वलाई भएकाले स्रोतको प्राथमिकीकरण गरेर खर्च गर्नुपर्ने र अनावश्यक खर्च कम गर्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सोही पार्टीका सञ्जयकुमार गौतमले नेपाली जनताले महसुस गर्ने खालको विकास गर्नुपर्ने र त्यसका लागि सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ईश्वरबहादुर रिजालले पहाडी बस्तीहरूलाई सहरउन्मुख एकीकृत बस्ती निर्माण गरी समाजवाद, गाउँको विकास र समग्रमा देशको विकास हुने बताए । 

उनले संविधानले अङ्गीकार गरेको व्यवस्थाअनुसार बजेटमा लोककल्याणकारी राज्य, दलितजस्ता शब्दसमेत नभएको गुनासो गरे । सोही पार्टीका दीपा शर्माले गत फागुनमा मात्र ६५ हजार युवा काम तथा अध्ययनका लागि विदेशिएको हुँदा युवालाई स्वदेशमै रोजगारी दिने खालको वातावरण बजेटले ल्याउँनुपर्नेमा जोड दिए। 

एमालेकै सूर्यकुमारी श्रेष्ठले युवालाई खाडी मुलुकमा पलायनलाई रोक्नुपर्ने र सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्नेमा जोड दिइन् । सोही पार्टीका नारायणप्रसाद आचार्यले सुरक्षित नागरिक आवास, नदी नियन्त्रण र सिँचाइ योजनामा बजेट निर्माणमा ध्यान दिनुपर्ने माग गरे भने रामशंकर यादवले विकासका लागि आधारभूत स्थान र प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने सुझाव दिँदै बजेटमा धेरै कुरा छुटेको हुनाले परिमार्जन गर्नुपर्नेमा सुझाव दिए। 

एमालेकै रुक्मणी राणा बराइलीले गरिबी, भोकमरी, प्राकृतिक विपद्को तयारी, सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने गरी बजेट बनाउनुपर्ने सुझाव दिए । सोही पार्टीका लालप्रसाद साँवा लिम्बूले १८ हजार निर्माण व्यवसायी कार्यरतमध्ये रु ५० अर्बभन्दा बढी भुक्तानी बाँकी रहेको र पूर्वाधार विकास निर्माणमा दुई हजारभन्दा ठेक्का सम्झौताको म्याद सकिएको हुँदा निर्माणको काम ठप्प रहेको हुँदा त्यसतर्फ बजेटले ध्यान दिनुपर्नेमा सुझाव दिए।

बैठकमा एमालेका सचेतक सुनिता बरालले गरिबी कम गर्ने, रोजगारी बढाउने, किसान र युवालाई एकीकृतरूपमा अगाडि बढाउने खालका कार्यक्रम बढाउनुपर्ने सुझाव दिए।  

    

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ५१ बजे

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं