राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त « Khabarhub

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँकी संगीता सिंह, जुम्लाका डा कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी  र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सिंह, महत र अधिकारी एमाले तथा पाण्डे रास्वापाको कोटाबाट सदस्य बनेका हुन् ।

यस्तै, बैठकले नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल– १ र जुगल–२ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्मले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ११ : ५८ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार