महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि | Khabarhub Khabarhub

महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि ः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिए। सर्वोच्च अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा उनले न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल गर्न जानकारी दिए।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ ।

नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन् । तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ रहेका छन् । सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ । सम्मेलनले समापनमा घोषणापत्र समेत जारी गर्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ६ : ५५ बजे

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहा– असार महिनाको मध्यभागसम्म आइपुग्दा पनि सिरहाका धेरै खेत सुक्खै

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ

ङुइला नाका तीन महिनाका लागि खुल्ला

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको