न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो « Khabarhub

न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा न्यू डायमण्ड महिला भलिबल टिमलाई३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट डायमण्डले २५–२३ ले जित्दै खेललाई बराबरीमा ल्याए । तेस्रो सेटमा एपिएफले २५–१४ र चौथो सेटमा २५–२१ को जित निकाल्यो । तेस्रो भएको एपिएफले १ लाख २५ हजार रुपैयाँ गरेको छ ।

महिलातर्फको उपाधिका लागि भने शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : २४ बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्