तिला नदीमा १५ वर्षीय किशाेर बेपत्ता « Khabarhub

तिला नदीमा १५ वर्षीय किशाेर बेपत्ता


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश साही नदीमा बेपता भएका हुन् ।

उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथीका अनुसार ढुङगामा चिप्लिएर गणेश बेपत्ता भएका हुन् । चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए । तर नदी निकै खोज परेकाले बेपता भएका हुन् ।

प्रहरी चौकी गाल्जेका गगन रावतले तिर्थ वहादुर साहीका छोरा बेपत्ता भएको र उनको खोजी भइरहेको बताए । नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली सहित स्थानीयले किशोरको खोजी गरिरहेका छन् । बेपत्ता किशोर कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : २३ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली