नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह « Khabarhub

नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

न्यूज बिजनेस एज प्रालिद्वारा आज आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन द्रुतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको छ भने ।

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गरे ।

साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उनले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताए ।

‘कठिन समयमा व्यापार अवसर’ विषय कार्यक्रममा उनले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने जानकारी दिए । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न सक्दैन भने ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डिङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसर विषयमा आ आफ्नो धारणा राख्नुका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ०५ बजे

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने