‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना « Khabarhub

‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम सवार कार दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान करीब ४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो ।

घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

दुर्घटनापछि घाइते ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । घाइते मध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन् ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : १८ बजे

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको