आज २०८० साल चैत १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १० गते शनिबारको राशिफल


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १० गते शनिबार तदनुसार सन् २०२४ मार्च २३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। माया प्रेम बढ्ने समय छ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ।

वृष : समय सामान्य छ। यात्रामा सचेत बन्नु राम्रो हुन्छ। तीव्र सवारी नकुदाउनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ। ठुलो लगानी नगरेको राम्रो हुन्छ।

मिथुन : दिन राम्रो छ। रोकिएको काम बन्नेछ। लामो यात्राको योग छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

कर्कट : समय राम्रो छ। सांस्कृतिक र धार्मिक कार्यमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। अप्ठेरो अवस्थामा उचित निर्णय लिनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा खुशी मिल्नेछ। तपाईंको बोलीको प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कन्या : दैनिकी सामान्य छ। बजारको खानपानमा रमाउँदै गर्दा सचेत हुनुपर्ने देखिन्छ। यात्रा जोखिम हुनसक्छ। आफन्तसँगको भेटले मन भने खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। तपाईंको कामको चर्चा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। सोचेका काम गर्दा फाइदा हुन्छ। तपाईंको बोलीबाट धेरै मानिस प्रभावित हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। नयाँ लुगामा बढी खर्च हुनेछ। सामान हराउने जोखिम रहेकाले सचेत भएको राम्रो हुन्छ। अभिभावकको माया प्राप्त हुनेछ। आफूभन्दा ठुलाले सहयोग गर्ने दिन छ।

धनु : दिन राम्रो छ। काम गरेर अरुलाई लोभ्याउनुपर्ने समय छ। अतिथि बनेर सम्मान प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा मान बढ्नेछ। साथीभाइको साथ र सहयोग रहन्छ।

मकर : दिन सामान्य छ। आज अधिकारका लागि आन्दोलन गर्नुपर्ने दिन हो। यात्रा सफल हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भ : साथीसँगको भेट रमाइलो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ।

मीन : नयाँ ज्ञानको अवसरका लागि ढोका खुल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। परिवारको साथ मिल्नेछ। मन खुशी हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २६ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल