भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस « Khabarhub

भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राजदूतावासले ५९औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए ।

सन् २०२३–२०२४ मा नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै उनले नेपालका सरोकारवालाको रुचिलाई ध्यानमा राख्दै आइटेकअन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी तालिमका अवसर प्रदान गरिने बताए ।

कार्यक्रममा संसद्, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्वनेपाली विद्यार्थी गरी ३०० बढीको उपस्थिति थियो ।

वरिष्ठ आइटेक अलम्नाइ–राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, ऊर्जा, पूर्वसचिव दिनेश घिमिरे, सङ्घीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोषकुमार ढकालले प्यानल छलफलमा सहभागी भई आ–आफ्नो आइटेक अनुभव सुनाएका थिए ।

कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले नृत्य प्रस्तुत गरेको थियो ।

नजिकको छिमेकीको नाताले भारत सरकारले बितेका १५ वर्षमा दुई हजारभन्दा बढी नेपालीलाई आइटेकअन्तर्गत तालिम दिएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : २१ बजे

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को