सुरक्षित आवासका लागि पालिकाको अनुदान | Khabarhub Khabarhub

सुरक्षित आवासका लागि पालिकाको अनुदान


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

पराल, खर, स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार,  दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।

छाना फेर्न अधिकतम ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत सो रकम प्रदान गरिएको हो ।

सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ११ : ५१ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको