एम्बाप्पे भन्छन्-ओलम्पिक खेल्ने सपना छ « Khabarhub

एम्बाप्पे भन्छन्-ओलम्पिक खेल्ने सपना छ


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैवर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् ।

फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पूर्व फुटबलर थियरी हेनरीले गरिरहेका छन् ।

एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन्- ‘मैले सँधै ओलम्पिक खेल्ने इच्छा व्यक्त गर्दै आएको छु । जुन अहिले पनि परिवर्तन भएको छैन । यदि मैले ओलम्पिक खेल्ने अवसर पाए भने तो सपना पुरा भएको हुने छ । यो निर्णय एक व्यक्तिमाथि रहेको छ, जसले अहिलेसम्म हुन्छ या हुँदैन केहि भनेका छैनन् ।’

तर एम्बाप्पेले रियल म्याड्रिडमा गएमा भने उनको ओलम्पिक खेल्ने सपना पुरा हुन सक्ने छैन । क्लबसँगको सम्झौता अनुसार उनले ओलम्पिकमा सहभागिता जनाउन सक्ने छैनन् । यस अर्थमा एम्बाप्पेले यसको निर्णय गर्ने व्यक्ति भनेको रियल म्याड्रिडका प्रेसिडेन्टलाई भनेको हुनसक्ने अनुमान गरिएको छ ।

ओलम्पिकमा फुटबलको नियम अनुसार यू-२३ खेलाडीले भाग लिन पाउने भए पनि २३ बर्षभन्दा बढी उमेरका बढीमा तीन खेलाडीले खेल्न पाउने नियम रहेको छ ।   

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : ०९ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र