भारतीय पूर्व विदेशमन्त्री स्वराजको अन्त्येष्टी « Khabarhub

भारतीय पूर्व विदेशमन्त्री स्वराजको अन्त्येष्टी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– मंगलबार अबेर निधन भएकी भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।
नयाँ दिल्लीको लोधी रोडमा उनको अन्त्येष्टी समारोहमा सयौंको उपस्थिती थियो । प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टीका प्रमुख नेताहरु लालकृष्ण आडवाणी, अमि शाहलगायतले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनको शवमा राष्ट्रिय झण्डा ओढाइएको थियो भने उनको अन्त्येष्टीमा २१ तोपको सलामी दिइएको थियो । एक्कासी हृदयघात भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएकी उनको मंगलबार अबेर निधन भएको थियो । उनको निधनप्रति भारतीय राजनीतिज्ञ तथा अन्य मुलुकका नेताहरुले समेत शोक व्यक्त गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । स्वराजका पतिसहित एक छोरी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ०२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै