भारतीय पूर्व विदेशमन्त्री स्वराजको अन्त्येष्टी | Khabarhub Khabarhub

भारतीय पूर्व विदेशमन्त्री स्वराजको अन्त्येष्टी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– मंगलबार अबेर निधन भएकी भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको बुधबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।
नयाँ दिल्लीको लोधी रोडमा उनको अन्त्येष्टी समारोहमा सयौंको उपस्थिती थियो । प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ भारतीय जनता पार्टीका प्रमुख नेताहरु लालकृष्ण आडवाणी, अमि शाहलगायतले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनको शवमा राष्ट्रिय झण्डा ओढाइएको थियो भने उनको अन्त्येष्टीमा २१ तोपको सलामी दिइएको थियो । एक्कासी हृदयघात भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएकी उनको मंगलबार अबेर निधन भएको थियो । उनको निधनप्रति भारतीय राजनीतिज्ञ तथा अन्य मुलुकका नेताहरुले समेत शोक व्यक्त गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् ।

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन् । स्वराजका पतिसहित एक छोरी छिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ०२ बजे

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा