आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति | Khabarhub Khabarhub

आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजेको र आफूलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका हुन् । 

कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणबिना बोलेको भन्दै उनले कांग्रेसकै नेता तथा विज्ञहरूमाझ सार्वजनिक रुपमा यस विषयमा बहस गर्न तयार रहेको बताए । रास्वपा सभापति समेत रहेका लामिछानेले आफूले यसअघि नै छाडेको संस्थासँग जोडेर आफूलाई बिभिन्न प्रकरणमा मुछने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाँबाट भएपनि खोजेरै ल्याउने दावी गरे । सहकारी बचतकर्ताको रकम ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मारिएकाहरूलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पारे । जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राखे ।

उनले आफूहरू जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताउनुभयो । लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरूलाई निर्देशन दिएको जिकिर गरे । सरकारमा रहँदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ५७ बजे

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल