भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति « Khabarhub

भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले आयोग खारेज गर्ने निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम सम्पन्न नहुँदै सरकारले आयोग खारेज गर्ने निर्णय गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विघटित राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि काम जारी रहँदा आयोग नै विघटन हुँदा आश्चर्यचकित भएको बताए । उनले आयोगलाई पूर्ण रुपमा काम गर्ने दिने विश्वासका साथ काम गरिरहँदा त्यसो हुन नसकेको धारणा राखे । अध्यक्ष पद रहने की नरहने भन्दा पनि रुकुमवासीको नाममा राजनीतिक कहिलेसम्म ? भन्दै उनले प्रश्न गरे ।

उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीमाथि धोका भएको भन्दै सरकारको कार्यको विरोध र भर्त्सना गरे । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : २५ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा