दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित « Khabarhub

दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आइपिएल अन्तर्गत पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

पञ्जाबको जितमा साम कुरानले सर्वाधिक ६३ रन बनाएका थिए । कुरानले ४७ बलमा ६३ रन बनाएका थिए । त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

दिल्लीका लागि साइ होपले सर्वाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए । त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषभ पन्तले १८ रन बनाए । त्यसैगरी अभिषेक पोखरेलले १० बलमा ३२ रन बनाएका थिए । 

त्यसैगरी पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एक एक विकेट लिए ।

यो जितपछि नयाँ सिजनमा पञ्जाव किंग्सले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने दिल्लीले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ३८ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य