विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न तयार छ : महासचिव पोखरेल « Khabarhub

विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न तयार छ : महासचिव पोखरेल


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।

एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले भने, “माओवादी केन्द्रलगायतसँगको नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ ।”

कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उनको भनाइ थियो । नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उनको छ ।

नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उनले बताए । नेपाली युवाले विदेशबाट पठाएको पैसा घरखर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।

शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उनले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गरे ।

विसं २०४७ को संविधान केही कमजोरी भएकाले पूर्वराजा ज्ञानेन्द्रले चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौँ षड्यन्त्र भइरहेको दाबी गरे ।

एमाले सचिव गोकर्ण विष्टले देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । जबसम्म देशलाई समृद्धितर्फ लैजान सक्दैनौं तबसम्म नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जाने क्रम नरोकिने विष्टको भनाइ छ ।

सो अवसरमा नेता पद्मा अर्याल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, संसद् विद्या भट्टराईलगायतले ११औँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । महाधिवेश दुई दिनसम्म चल्ने छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ४१ बजे

काठमाडौं महानगरद्वारा तीन अर्ब २२ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब

कर्णालीका दुर्गम ठाउँमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा टूजी तथा फोरजी

सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण 

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिंहदरबारभित्र बनाएको स्वास्थ्य तथा जनसङ्ख्या

बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन् 

काठमाडौं– बारामा हुन लागेको राष्ट्रिय युवा संघकाे कार्यक्रममा सिमरा जान

रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को