होलीको कपडामा दाग गएन ? यो घरेलु उपाय अपनाउनुहोस् | Khabarhub Khabarhub

होलीको कपडामा दाग गएन ? यो घरेलु उपाय अपनाउनुहोस्


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागु पूर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेन्ट प्रयोग गर्छन् तर पनि लुगाबाट रङ्ग निस्कदैन ।

यदि तपाई पनि आफ्नो कपडाको रङ सजिलै हटाउन चाहनुहुन्छ भने आज हामी तपाईँलाई केही घरेलु उपायहरूको बारेमा बताउँनेछौँ

 यी उपाय लगाउनुहोस्

होलीको रमाइलोमा कहिलेकाहीँ कपडाको रङ सफा गर्न गाह्रो हुन्छ । तर केही टिप्स अपनाएर यसलाई सजिलै सफा गर्न सकिन्छ । सबैभन्दा पहिले, तपाईले रंगीन कपडालाई स्याम्पुको पानीमा भिजाउनु पर्छ त्यसपछि त्यसमा अलिकति कागतीको रस मिसाएर बिस्तारै चलाउनुहोस् र धुनुहोस्।

यसबाहेक फोहोर कपडामा सेतो भिनेगर स्प्रे गर्नुहोस् र १० देखि १५ मिनेटसम्म राख्नुहोस्।

केही पानी लिनुहोस्, त्यसमा अलिकति बेकिंग सोडा र भिनेगर हाल्नुहोस्, त्यसपछि फोहोर कपडालाई ३० देखि ४० मिनेटसम्म यस पानीमा भिजाउनुहोस् र त्यसपछि धुनुहोस् ।

कपडालाई राम्ररी धुनुहोस् र सुकाउनुहोस् र त्यसपछि यसलाई इस्त्री (आइरन) गर्नुहोस्। यसो गर्दा दाग हराउन सकिन्छ । यी सबै बाहेक, तपाईं लेमन क्लिनर र वाशिंग सोडा पनि प्रयोग गर्न सक्नुहुन्छ।

होली खेल्दा पुराना वा कुनै पनि फोहोर कपडा प्रयोग गर्ने प्रयास गर्नुहोस् । यसबाहेक कपडामा रङ लागेपछि तुरुन्तै धुनुहोस् । अन्य कपडासँगै रंगीन कपडा नधुनु होस् । ध्यान राख्नुहोस् कि रङ्ग सफा गर्न तातो पानी प्रयोग नगर्नुहोस्, यसले कपडालाई हानी पुर्‍याउँछ ।

१ लिटर पानीमा एक कप भिनेगर मिलाएर त्यसमा कपडा भिजाएर ३० मिनेटसम्म राख्नुहोस् र धुनुहोस्, यसो गर्नाले कपडाको फोहोर दाग पनि हट्छ ।

कपडाबाट रङ्ग निकाल्दा सावधानी अपनाउनुहोस्, नत्र कपडा बिग्रन सक्छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : ४० बजे

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

बोगोटा- कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका