आगामी मङ्सिर २८ र २९ गते महाधिवेशन गर्ने प्रेस युनियनको निर्णय | Khabarhub Khabarhub

आगामी मङ्सिर २८ र २९ गते महाधिवेशन गर्ने प्रेस युनियनको निर्णय


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिए ।

यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, युनियनका पूर्व केन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ०० बजे

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत

नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी,

‘अत्यावश्यकबाहेक मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नू’

मुग्लिन (चितवन)– अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेपछि नारायाण्ढ–मुग्लिन र

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी

सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका