भारतप्रति आक्रमक बन्दै पाकिस्तान « Khabarhub

भारतप्रति आक्रमक बन्दै पाकिस्तान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– भारतले कश्मीरमा चालेको कदमलाई मध्यनजर गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने घोषणा गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकका क्रममा भारतसँगको द्विपक्षीय सम्बन्धको स्तर घटाउने र भारतसँग हुने द्विपक्षीय व्यापार पनि स्थगित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री इमरान खानको अग्रसरतामा बसेको बैठकले दुई मुलुकबीचका सम्बन्धबारे पुनर्विचार गरिने र कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने भारतको कदमबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउने निर्णय समेत गरेको छ । त्यसबाहेक बैठकले कश्मीरी जनताप्रति ऐक्यबद्धता जनाउन आगामी १४ अगष्टमा स्वतन्त्रता दिवस मनाइने निर्णय गरेको छ ।

भारतको रंगभेदी र मानवअधिकार विरोधी सत्तालाई उदाङ्गो पार्नका लागि आफ्नो मुलुकका सबै कूटनीतिक संयन्त्रलाई परिचालन गरिने उक्त बैठकको निर्णय छ । त्यस्तै, प्रधानमन्त्री खानले पाकिस्तानी सुरक्षा बललाई सतर्क रहन समेत निर्देशन दिएका छन् ।

गत सोमबार भारतले संविधानको धारा ३७० र ३५ ए खारेज गर्दै जम्मू कश्मीरको विशेष राज्यका मान्यता खारेज गरेपछि भारत र पाकिस्तानबीच तीब्र विवाद चर्किएको छ । भारत र पाकिस्तान दुबै मुलुकले कश्मीरमा सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : २० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै