युक्रेनद्वारा क्रिमियामा दुई रूसी जहाजमाथि आक्रमण « Khabarhub

युक्रेनद्वारा क्रिमियामा दुई रूसी जहाजमाथि आक्रमण


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको क्रिमियाली क्षेत्रमा तैनाथ दुई रूसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

सञ्चार केन्द्र र ब्ल्याक सी क्षेत्रका धेरै पूर्वाधारहरूमा सफलतापूर्वक प्रहार गरेको समुद्र, जमिन र आकाशमा आक्रमण गर्न रूसी सेनालाई सघाउने जहाज ‘यामाल’ र ‘अजोभ’ लाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलको रणनीतिक सञ्चार केन्द्रले आइतबार जनाएको छ ।

रूसले सन् २०१४ मा कब्जा गरेको उक्त प्रायद्वीपमा शनिबार राति युक्रेनको ठूलो हवाई आक्रमणलाई आफ्नो सेनाले प्रतिकार गरेको मस्कोस्थित रूसी अधिकारीहरूले बताएका छन् ।

रूसले नियुक्त गरेको सेवस्तोपोलका गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्रामपोस्टमा लेखेका छन्, ‘यो पछिल्लो समयको सबैभन्दा ठूलो आक्रमण हो ।’

उनका अनुसार आक्रमणका क्रममा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । उनले रूसी युद्धपोतमा कुनै क्षति भएको वा नभएको भन्ने बिषयमा केही बताएनन् ।

सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा शहरमा ठूलो विष्फोट भएको, आगोको गोला र कालो धुवाँको मुस्लो हावामा उडिरहेको र रूसी हवाई प्रतिरक्षाले भित्रिने प्रक्षेपणलाई रोकेको देखिएको छ ।

युक्रेनले युद्ध सुरु भएदेखि नै रूसको ‘ब्ल्याक सी’ क्षेत्रको करिब एक तिहाइ भाग नष्ट गरेको दाबी गर्दै आएको छ ।

भूउपग्रहबाट प्राप्त तस्वीरमा रूसले आफ्ना अधिकांश जहाजलाई पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सारेको देखिएको छ । मस्कोले हालै आफ्नो नौसेना प्रमुखलाई हटाएको छ ।

युक्रेनको राजधानी किएभ र पश्चिमी क्षेत्र एल्भिभमा पनि आइतबार बिहानै रूसी हवाई आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनको वायु सेनाका अनुसार रूसले आफ्नो भूमिमा २९ वटा क्रुज क्षेप्यास्त्र र २८ वटा ड्रोन प्रहार गरेको छ । उसले १८ वटा क्षेप्यास्त्र र २५ वटा ड्रोन खसालेको जनाएको छ ।

रूसले हालैका दिनहरूमा युक्रेनविरुद्ध आफ्नो हवाई आक्रमणलाई उल्लेखनीय रूपमा बढाएको छ, जुन उसको सीमावर्ती क्षेत्रहरूमा युक्रेनी आक्रमणको लहरको प्रतिशोध हो ।

मस्कोले युक्रेनको ऊर्जा क्षेत्रमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण (करिब ९० वटा क्षेप्यास्त्र र ६० वटा ड्रोन प्रहार) गरेको थियो ।

रूसले पनि किएभलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको छ र फेब्रुअरीको सुरुदेखि नै यस सहरमा पहिलो पटक आक्रमण गरेको छ ।

युक्रेनी सैन्य प्रशासनका किएभ प्रमुख सर्गी पोप्कोले रूसले कुनै पनि हालतमा किएभलाई नष्ट गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको बताउनुभएको छ ।
–––

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ५१ बजे

बाढीमा हराएका आफन्त खोन्न भौतारिदै परिवार, डीएनए अन्तिम आशा

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो