विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून « Khabarhub

विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसै गरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भने, ‘क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्ध वृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।’

हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।

उनले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः : सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताए । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त  बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ३६ बजे

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस

टोकियो – जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र

‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा, मुख्यमन्त्रीले भोलि उद्घाटन गर्ने

कैलाली- ‘सुदूरपश्चिम कचहरी २०८३’ को तयारी पूरा भएको छ ।

जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी

अझै तंग्रिन सकेका छैनन् ओली, अध्यक्षबाट तत्कालै बिदा गर्न पुगेन नेताहरूको बल

काठमाडौं- फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै ठूलो धक्का व्यहोरेको नेकपा

६ वर्षमा शून्य उपलब्धि, पानीजहाज कार्यालयमा कर्मचारी तलबमै झण्डै २ करोड खर्च

काठमाडौं- ६ वर्षअघि ठूलो महत्वाकांक्षा सहित स्थापना गरिएको नेपाल पानीजहाज