पञ्जाबमाथि आरसीबीको जित : विराटको शानदार अर्धशतक « Khabarhub

पञ्जाबमाथि आरसीबीको जित : विराटको शानदार अर्धशतक


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले ४५, प्रभसिमरन सिंह २५, जितेश शर्मा २६, शशांक सिंहले नटआउट २१ रन जोडेका थिए। ६ विकेटको क्षतिमा १७६ रन बनाएको पञ्जाबलाई आरसीबीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै पराजित गरेको हो।

आरसीबीको जितका लागि कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको मद्दतमा ७७ रन बनाए भने दिनेश कात्तिकले नटआउट २८ रन जोडे।

आईपिएल अन्तर्गत आज चेन्नइ सुपर किंग्स र गुजराज टाइटनको खेल हुँदैछ। यो खेल मंगलबार साँझ ८ बजे सुरु हुनेछ।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेको छ।

आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो। आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात गरेको थियो।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३३ बजे

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२