पञ्जाबमाथि आरसीबीको जित : विराटको शानदार अर्धशतक | Khabarhub Khabarhub

पञ्जाबमाथि आरसीबीको जित : विराटको शानदार अर्धशतक


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ। टस जितेर पहिला फिल्ड रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो। पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ।

सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि शिखर धवनले ४५, प्रभसिमरन सिंह २५, जितेश शर्मा २६, शशांक सिंहले नटआउट २१ रन जोडेका थिए। ६ विकेटको क्षतिमा १७६ रन बनाएको पञ्जाबलाई आरसीबीले १९ ओभर २ बलमा ६ विकेट गुमाएर १७८ रन बनाउँदै पराजित गरेको हो।

आरसीबीको जितका लागि कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको मद्दतमा ७७ रन बनाए भने दिनेश कात्तिकले नटआउट २८ रन जोडे।

आईपिएल अन्तर्गत आज चेन्नइ सुपर किंग्स र गुजराज टाइटनको खेल हुँदैछ। यो खेल मंगलबार साँझ ८ बजे सुरु हुनेछ।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेको छ।

आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो। आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात गरेको थियो।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३३ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका