धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन « Khabarhub

धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी  भारतबाट सम्पर्कविहीन भएकी छन् । मंगलबार चार बजे आफ्नो फेसबुक पेजबाट मेयर हमालले आफ्नी जेठी छोरी हराएको जानकारी गराएका छन् । 

उनले भारतको गोवामा ओशो ध्यान गर्न गएकी छोरी आरती हिजो सोमबारदेखि हराएको बताएका छन् । उनले गोवामा बस्ने शुभचिन्तकलाई आफ्नी छोरीको खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन् –
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु । 

साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ  जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुग रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक  सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक  अनुरोध गर्दछु ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : २० बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा