रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी  | Khabarhub Khabarhub

रास्वपाले चैत १४ गतेसम्ममा इलाम-२ को उम्मेदवार टुङ्ग्याउँछ : सहमहामन्त्री बुर्लाकोटी 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चैत १४ सम्ममा इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउने बताएको छ । 

सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी ले १४ गते मात्र उम्मेदवारको नाम फाइनल हुने बताए । 

उनका अनुसार हालसम्म रास्वपाबाट आफ्नो उम्मेदवार बन्नका लागि ७ जनाले इच्छा  जायर गरेका छन् । तर ३ जनाले मात्र लिखित निवेदन दिएको बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न बुर्लाकोटीलाई इलाम पठाएको थियो । उनले सम्पुर्ण अध्ययन गरेर विवरण पार्टीका केन्द्रीय नेताहरूलाई बुझाएको बताएका छन् । 

उनले खबरहबलाई भने, ‘हामीले उम्मेदवार फाइनल गरेका छैन । सकभर स्थानीय तथा त्यहाँको भूगोल बुझेको उम्मेदवार अगाडि आउनु हुने छ ।’  

यता पहिचान पक्षधर मिलन लिम्बुलाई रास्वपाले आफ्नो उम्मेदवार बनाउने चर्चा चलेको छ । उनले पनि रास्वपाको उम्मेदवार बन्न सबै कोणबाट छलफल भइरहेको बताएका छन् । 

लिम्बूले खबरहबसँग भने, ‘रास्वपाको नेतृत्वसँग छलफल चलिरहेको छ । सकारात्मक छलफल छ ।’ 

युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका महासचिव हुन् ।

यस्तै माओवादी निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा पनि आबद्ध थिए । तर उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार अगाडि बढाएका छन् । एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त छ। त्यहाँ  वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । 

बझाङको प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनमा भने रास्वपाले उम्मेदवार नउठाउने निर्णय गरिसकेको छ । 

गत ०७९ को निर्वाचनमा भने रास्वपाले इलाम २ बाट १ हजार ३६३ मत पाएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ५३ बजे

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाइ

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय