आत्मघाती हमलामा पाँच चिनियाँ मजदुर र चालकको मृत्यु « Khabarhub

आत्मघाती हमलामा पाँच चिनियाँ मजदुर र चालकको मृत्यु


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ । 

पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ ।

‘हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्’, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने। 

उनका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामावाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो । 

गहिरो घाटी रहेको एउटा पहाडी सडकमा हमला भएको थियो । सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम हमलामा परेको थियो । उक्त हमलामा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतङ्कवादीलाई मारेको केही दिनपछि मङ्गलबारको हमला भएको हो । 

बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । उक्त पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । 

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेषरूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् । 

सन् २०१९ मा अरब सागरसम्म रणनीतिक पहुँच प्रदान गर्ने ग्वादरस्थित प्रमुख चिनियाँ समर्थित गहिरो पानीको बन्दरगाह नजिकैको बलुचिस्तान प्रान्तमा एउटा लक्जरी होटलमा बन्दुकधारीहरूले हमला गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको थियो । 

साथै सन् २०२० जुनमा बलुच विद्रोहीहरूले कराँचीको व्यापारिक राजधानी कराँचीमा आंशिकरूपमा चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको पाकिस्तान स्टक एक्सचेन्जलाई निशाना बनाएका थिए । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ०० बजे

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई