गाजा युद्धविरामका लागि वार्ता‘ जारी छ : कतार | Khabarhub Khabarhub

गाजा युद्धविरामका लागि वार्ता‘ जारी छ : कतार


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोहा – युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताए ।

गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकहरूको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडि रहेर अमेरिका र इजिप्टसँग मिलेर कतार वार्तामा संलग्न रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार ‘तत्काल युद्धविराम’ को माग गर्दै एउटा प्रस्ताव ग्रहण गरेपछि हमास र इजराइलले कुनै पनि सम्झौता गर्न असफल भएको दोषारोपण लगाएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र उनको मन्त्रिपरिषद ‘वार्ताको प्रयास असफल हुनु र अहिलेसम्म कुनै सम्झौता हुनबाट रोक्नका लागि पूर्णरूपमा जिम्मेबार रहेको’ हमासले बताएको छ ।

जवाफमा नेतान्याहु कार्यालयले सामाजिक सञ्जाल एक्समा सुरक्षा परिषद्को मतदानबाट उत्साहित भएकाले हमासलाई ‘वार्ता जारी राख्न कुनै रुचि नभएको’ आरोप लगाएको छ ।

प्रवक्ता अन्सारीले दोहा पत्रकार सम्मेलनमा सुरक्षा परिषद्को प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावले ‘वार्तामा कुनै प्रभाव नपार्ने’ बताए ।

उनले दोहामा इजराइली प्राविधिक टोलीको उपस्थितिबारे विशेषरूपमा टिप्पणी गर्न नसक्ने बताए । यद्यपि उनले भने, “यी टोलीहरूको आगमन र प्रस्थान हुँदै गर्दा पनि दोहामा बैठकहरू अहिले पनि जारी छन् र यी वार्ता गर्ने टोलीका केही हिस्सा हुन् भन्ने म पुष्टि गर्न सक्छु, अहिले मैले बोलिरहँदा पनि दोहामा वार्ता भइरहेको छ ।”

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : ५० बजे

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले