जघन्य अपराधको सिकार बन्दै महिला « Khabarhub

जघन्य अपराधको सिकार बन्दै महिला


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ । 

सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् । 

उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई प्रोत्साहन मिलेको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन महिनापछि करिब आठ महिनाको अवधिमा १० हजार ९८६ महिलाविरुद्धका आपराधिक घटना भएका छन् । 

त्यस्तै, काठमाडौंमा १३ वटा , ललितपुरमा ४ वटा र भक्तपुरमा ३ वटा हत्याका घटना भएका छन् । त्यसमध्ये पनि महिलाविरुद्धको अपराध सबैभन्दा बढी मधेश प्रदेशमा भएको छ । 

मानव अधिकारविरुद्धका अपराध र हिंसाहरूमा महिलाहरूलाई नै लक्षित गरिने पितृसत्तात्मक सोच र व्यवहारले निम्त्याएको घटनाप्रति राष्ट्रिय सञ्जालले ध्यानाकर्षण गरेको छ । 

नेपालको संविधान २०७२ को धारा १८ समानताको हकको उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तथापि महिलाहरूले विभेद खेपेर बस्नुपरेको अध्यक्ष साह बताउँछिन्

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३७ बजे

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।