जब फ्यानसँग सेल्फी लिन कारबाट उत्रिए शाहरुख खान | Khabarhub Khabarhub

जब फ्यानसँग सेल्फी लिन कारबाट उत्रिए शाहरुख खान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहरुख खानले यतिबेला कुनै फिल्ममा काम गरिरहेका छैनन् । उनले फ्यानसँग राम्रो व्यवहार गर्न पनि जानेका छन् । हालै उनले फ्यानको माग पनि पूरा गरिदिएपछि उनको वाहवाही भएको छ ।

शाहरुखले आफ्ना फ्यानका लागि जे गरे, त्यसले तारिफ पाएका छन् ।

शाहरुख हालै इन्डियन फिल्म फेस्टिभलमा सहभागी हुन मेलबर्न पुगेका छन् । एअरपोर्टमा फ्यान उनीसँग सेल्फी लिन उत्सुक देखिएका थिए । शाहरुखका आसपास कैयन् सेक्युरिटी थिए । जसकारण फ्यान शाहरुखसम्म पुग्न सकिरहेका थिएनन् । शाहरुख एअरपोर्टमा उत्रेपछि आफ्नो कारमा बसे ।

तर जब उनले देखे कि, आफ्ना फ्यानले कसरी आफूसँग तस्वीर लिन चाहना राखेका छन् । तत्काल उनी कारबाट उत्रिए र फ्यानको मोबाइल लिएर र सबै फ्यानका साथ तस्वीर खिचे ।

शाहरुख खानको पछिल्लो फिल्म ‘जिरो’ बक्स अफिसमा फ्लप भएको थियो । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् । उनको चर्चा भने भइरहन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ५४ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक