मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री « Khabarhub

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् ।

उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउँदै आएको स्पष्ट गरे ।

प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।

प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले भने, ‘मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको बीचमा सःशर्त अनुदानको रुपमा रकम पठाउने कार्य आगामी आर्थिक वर्षदेखि बन्द गरिन्छ। त्यो हुन दिइँदैन। जति बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने हो, जेठ १५ गते बजेटमै व्यवस्था गरेर जाऊ भन्ने म सबैसँग हार्दिक आग्रह गर्न चाहन्छु। प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मैले भनी पनि राखेको छु। र आजको बैठकबाट जेजे विषयहरु उठेका छन्। त्यसमा अझ ठोस निर्देशन दिने आधार तयार भएको कुरा पनि म प्रष्ट पार्न चाहन्छु।’

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : १३ बजे

कानुनमन्त्री गौतमद्वारा बिक्रम बाबा मन्दिरमा पूजाआराधना

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम चितवन राष्ट्रिय

एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा

एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं- गत शनिबार पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपालको हुलाकले बालेन ‘स्पिड’मा ‘डिजिटल डेलिभरी’ दिनसक्छ ?

सरकार गठन लगत्तै शनिबार सय बुँदे कार्ययोजना सार्वजनिक गरिसकिएको छ

न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व

काठमाडौं- नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको