कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु « Khabarhub

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ । 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ । 

कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४-२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्यांकन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताएका छन् ।  

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : ३२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको