सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालित नगर्न निर्देशन दिएका छन् ।  

बिहीबार गृहमन्त्रीले नेपाल प्रहरी केन्द्रिय कार्यालयलाई सादा पोशाकमा प्रहरीलाई ड्युटीमा नखटाउन निर्देशन दिएका हुन् । 

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन् । सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका कार्यालयमा निर्देशन जारी गरेको छ । 

गृहको निर्देशनपश्चात् प्रहरी प्रधान कार्यालयले हाल परिचालन गरिएका सादा पोशाकका कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरेको छ ।

साथै, जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रिय कार्यालय पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : ४५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ