केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति « Khabarhub

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चार दिन मात्रै समय थप गरेको छ ।

ईडीले केजरीवाललाई सोधपुछपछि गत बिहीबार निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा पेस गरिएको थियो ।

यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिएको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।

याे पनि…

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ३१ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन