सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश « Khabarhub

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा यस फिल्ममले स्वदेशबाट मात्रै ६ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ । 

दर्शकबाट उच्च साथ पाएपछि बिहीबार देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले महाजात्रालाई सुपरहिट फिल्म घोषणा गरेको हो । 

चैत ९ देखि प्रदर्शनमा आएको यस फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको छ । दोस्रो हप्तामा पनि उच्च टिकट बुकिङ रहनुको जस भने निर्देशक भट्टराई पहिलो हप्ताका दर्शकलाई दिन्छन् । उनी भन्छन्, ‘पहिलो हप्ताका दर्शकले फिल्म हेरेर राम्रो प्रचार गर्नुभयो जस्तो लाग्छ ।’

देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । 

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने समस्या र अवसरलाई फिल्ममा रोचक ढंगले देखाइएको छ । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । 

फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ५८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास