खराब मौसमका कारण दुई सयभन्दा बढी पर्यटक मन्थलीमा रोकिए « Khabarhub

खराब मौसमका कारण दुई सयभन्दा बढी पर्यटक मन्थलीमा रोकिए


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामेछाप । विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् ।

आज बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताए ।

“सोलुखुम्बूको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै होल्ड गरिएको छ”, नागरिक उड्डयन प्राधिकिरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले भने । केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको हो ।

गुरागाईंका अनुसार ‘यहाँबाट हेलीले सोलुकै सुर्के उडान गरिरहेको छ । दुईसय जनाभन्दा बढी यात्रु मन्थली मै रोकिएका छन् । मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन । आज दिनभर रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडान मात्र भएका छन् ।

यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ०७ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते