आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित | Khabarhub Khabarhub

आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

विराट कोहलीको ८३ रन गयो खेर


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए। क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए। कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए।

आरसीबीको इनिङस धरापमा पार्न हर्षित राना र आद्रे रसेलले समान दुईदुई विकेट लिए भने सुनिल नारायणले एक विकेट हात पारे।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले पाएको १८३ रनको लक्ष्य १६ दशमलव ५ बलमै पूरा गरेको हो। उसका लागि वेंकटेस अय्यरले ३० बलमा ५० रन जोड्दै अर्धशतक बनाए। सुनिल नारायणले २२ बलमा ४७ रनको योगदान दिए भने फिल साल्टले २० बलमा ३० रन जोडे। कप्तान श्रियस य्यरले नटआउट ३४ बलमा ३९ रन बनाउँदा रिंकु सिंह नटआउट ५ बलमा ५ रनमै समेटिए। तीन विकेटको क्षतिमा कलकताले १८६ रन बनाउँदै आरसीबीमाथि ७ विकेटको शानदार जित निकालेको हो।

आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे।

यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ।

शनिबार लखनउ सुपर जाइन्ट र पञ्जाब किंग्सको खेल हुँदैछ। यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : ०६ बजे

जसपा विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौं-जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु

नहरको इन्टेकमा बालक मृत फेला

धनगढी– कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका