रूसले बन्द गर्‍याे उत्तर कोरियामाथि निगरानी गर्ने राष्ट्रसंघीय निकाय « Khabarhub

रूसले बन्द गर्‍याे उत्तर कोरियामाथि निगरानी गर्ने राष्ट्रसंघीय निकाय


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ । उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौँदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो ।

रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोरियाली हतियारहरू खरिद गरेर नियम उल्लंघन गरेको रिपोर्टको छानबिन गरिरहेको प्यानलले गत हप्ता मात्रै जानकारी गराएको थियो । त्यसको बदलामा रूसले संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गरेर खारेज गरिदिएको हो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङमाथि सन् २००६ देखि आणविक हतियार कार्यक्रमका लागि विभिन्न प्रतिबन्धहरू लगाएको छ। ती प्रतिबन्धहरू अझै पनि लागू छन्, तर उल्लङ्घनहरू अनुगमन गर्न स्थापना गरिएको विशेषज्ञ समूह अब खारेज हुने भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार सुरक्षा परिषद्को मतदानमा रुसले स्थायी सदस्यको रूपमा आफ्नो भिटो शक्ति प्रयोग गरी नवीकरण रोक्नका लागि प्रयास गरेको थियो । जबकि उपस्थित १४ सदस्य राष्ट्रहरू मध्ये १३ ले यसको पक्षमा मतदान गरे। प्योङयाङको सबैभन्दा नजिकको सहयोगी चीन भने रूसको यस प्रयोगबाट अलग रहेको थियो ।

रुसको ब्लकले अमेरिका, बेलायत, दक्षिण कोरिया र अन्य पश्चिमी सहयोगीहरूबाट निन्दाको लहर चलाएको छ । यो पहिलो पटक रुसले प्यानल अवरुद्ध गरेको हो, जुन १४ वर्षको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा वार्षिक रूपमा नवीकरण गरिँदै आएको थियो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमा रुसको भिटो युद्धमा उत्तर कोरियाली हतियार प्रयोग गरेको ‘दोषी निवेदन’ जस्तै भएको बताएका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : २४ बजे

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि