इलाम–२ मा कुन दलका उम्मेदवार को ? | Khabarhub Khabarhub

इलाम–२ मा कुन दलका उम्मेदवार को ?


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा दलहरूले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।

अहिलेसम्म नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राप्रपा र पहिचान पक्षधरले उम्मेदवारको घोषणा गरिसकेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र उम्मेदवारको टुंगो लगाउने गृहकार्यमा रहेका छन् ।

नेकपा एमालेले तत्कालीन संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । यस्तै, रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

यसैगरी, कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । यता, जनमत पार्टीले ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बूलाई उम्मेदवार तय गरेको छ ।

अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ । यी दुई दल उम्मेदवार चयनको आन्तरिक गृहकार्यमा रहेका छन् । कांग्रेसले आगामी मंगलबार उम्मेदवार घोषणा गर्ने जनाए पनि माओवादी केन्द्र भने अझै अलमलमा रहेको छ ।

२०७९ सालको आमनिर्वाचनमा इलाम–२ बाट निर्वाचि एमाले सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

२०७९ को निर्वाचनमा दलहरूको स्थिति

२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

त्यस्तै रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १ हजार ३६३,  राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १ हजार २७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै राप्रपाले १ हजार १९१, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३९ बजे

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने