नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी « Khabarhub

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । 

आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को तयारी सुरु गरिएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । 

नेपालगञ्ज रङ्गशाला परिसरको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिका २०० भन्दाबढी खेलाडीको सहभागिता रहने छ । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सङ्घसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यु–८ उमेर समूहका खेलाडीले २५ मिटर, यु–१० उमेर समूहलाई ५० मिटर, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर तथा खुला उमेर समूहतर्फ २०० र ४०० मिटर दूरीका विभिन्न ५६ स्पर्धा गराइने अध्यक्ष पौडेलले बताए । 

नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेण्डरअनुसार प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले जानकारी दिए । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ८ : ३० बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी