आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल हुँदै | Khabarhub Khabarhub

आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल हुँदै


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्स २१ रनले विजयी भएको छ।

टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाब किंग्स २१ रनले पराजित भएको हो। पूरै २० ओभेर खेलेको पञ्जाब पाँच विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुनाल पाण्ड्या ४३ रनमा अविजित रहे।

पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरले १–१ विकेट हात पारे।

२०० रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान शिखर धवनले ५० बलमा ७० रनको शानदार अर्धशतक बनाए। तर त्यो जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टोले २९ बलमा ४२ र प्रभसिमरन सिंहले १९ रन जोडे। लियाम लिभिङस्टोनले नटआउट २७ रन जोड्दा शशांक सिंह ९ रनमा नटआउट रहे। सैम करन भने शून्य रनमै आउट भए।

पञ्जाबलाई सस्तैमा समेट्न लखनउका मयंक यादवले ३ र मोहसिन खानले २ विकेट हात पारे। यो जितसँगै लखनउले आईपिएलको यो सिजनमा पहिलो जित निकालेको छ। उसले दुई खेलमा दुई अंक जोडेको छ। तीन खेल खेलेको पञ्जाबसमेत दुई अंकमा सीमित छ।

आइतबार दुई खेल हुँदै
आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा गुजरात टाइटन र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो पौने ४ बजे सुरु हुँदैछ। दुई खेल खेलेको गुजरात एक हार र एक जित दर्ता गर्दै दुई अंक जोडेको छ। हैदरावादसमेत दुई खेलमा एक जित निकाल्दै दुई अंकमै सीमित छ।

दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच हुनेछ। यो खेल राति ७ : ४५ बजे सुरु हुनेछ। दिल्ली दुई खेलमा अंकबिहीन छ भने चेन्नई दुईमा दुई जित निकाल्दै चार अंकका साथमा तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ०७ बजे

२५ उद्योगको लाइन काटिँदा सरकारले दैनिक गुमाइरहेको छ ६ करोड

काठमाडौँ- नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको

उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ – मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई

मोन्था समुद्री आँधीको प्रभाव नेपालमा कस्तो पर्ला ?

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशका विभिन्न

सञ्चार मन्त्री भन्छन्: सरकारले निर्वाचन सफल पार्न कुनै कसर बाँकी राख्दैन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।