पर्वतको मिलनचोक–धाइरिङ सडक कालोपत्र सुरु « Khabarhub

पर्वतको मिलनचोक–धाइरिङ सडक कालोपत्र सुरु


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ ।

सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठले मिलनचोकबाट सल्यानसम्म तीन दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको बताए । उनका अनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुनेछ ।

धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

मिलनचोकबाट ठोड्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकरले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर फराकिलो र पानी निकासको नाली निर्माणले गत मङ्सिरदेखि तीव्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी हर्षित भएको बताए ।

निर्माण कम्पनीका प्रतिनिधिसमेत रहेका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै जिम्मेवारी पूरा गर्न लागेको बताए । यो सडक धाइरिङका एक हजारभन्दा बढी स्थानीयले नियमित रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : ५७ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी