कांग्रेसले भन्यो– क्षमा मागेर नेकपाले सरकारी जग्गामा रहेको पार्टी कार्यालय छाडोस् « Khabarhub

कांग्रेसले भन्यो– क्षमा मागेर नेकपाले सरकारी जग्गामा रहेको पार्टी कार्यालय छाडोस्


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रतिको धारणामा आपत्ति जनाएको छ ।  नेकपाले प्रतिवेदनमा इमान्दार दृष्टि नराखि दृष्टिदोष प्रस्तुत गरेको कांग्रेसको भनाइ छ ।

बिहीवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको दृष्टिदोषमाथि दया मात्र रहने भन्दै भने,‘म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारी जग्गामा रहेको पार्टी कार्यालय नेकपाले तत्काल छोड्नु पर्ने बताए ।

नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरित सरकारी जग्गामा रहेको भन्दै शर्माले यसले कांग्रेसलाई अचम्मित र दु:खी बनाएको प्रतिक्रिया दिए ।

‘नेकपाको कार्यालय नियम र नैतिकताविपरित सरकारी जग्गामा रहेको विषयले कांग्रेसलाई अचम्मित र दु:खी बनाएको छ’ प्रवक्ता शर्माले भने हामी आशा गर्छौं, यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति नियम र नैतिकतालाई थप लज्जित हुनबाट जोगाउने छ ।’

केही दिन अघि एक दैनिक पत्रिकामा नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचार सार्वजनिक भएपनि कांग्रेसले त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

त्यस्तै प्रवक्ता शर्माले शर्माले ‘निजामति सेवाको गठन, सञ्चालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ मा आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत रहेको तर्क गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ३७ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा