अर्थमन्त्रीले हर्कसँग भने: धरानलाई पानीको व्यवस्था गर्न सरकार गम्भीर छ « Khabarhub

अर्थमन्त्रीले हर्कसँग भने: धरानलाई पानीको व्यवस्था गर्न सरकार गम्भीर छ


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

अर्थमन्त्री भएपछी बधाई दिन मन्त्रालय पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफूलाइ सबै जानकारी रहेको बताएका छन् । उनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री पुनले सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको साम्पाङसंगको भेटमा बताएका छन् । धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।

मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न साम्पाङलाई सम्झाएका छन् ।

भेटका क्रममा मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोसी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराएका छन् ।

उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको साम्पाङले अर्थमन्त्री पुनलाई बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ०५ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल