चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय « Khabarhub

चैत ३० गतेसम्म प्रतिनिधिसभाको कार्यसूची तय


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाले चैत ३० गतेसम्मको कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार चैत १९, २०, २१, २७, २८ र २९ गते प्रतिनिधिसभा बैठक बस्नेछ ।

चैत २७ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची छ ।

चैत दुई गते प्रस्तुत गर्ने तय भएर हटेको कार्यसूची यही चैत २७ गतेका लागि राखिएको हो । सो दिन अन्तराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गर्ने लगायतका कार्यसूचीपछि उपप्रधान तथा गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय गरिएको छ ।

गृहमन्त्रीले यो विधेयक प्रस्तुत गर्ने कार्यसूची यसअघि यही चैत २ गतेका लागि तय भएको थियो । त्यसदिन सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार गृहमन्त्री लामिछानेलाई विधेयक प्रस्तुत गर्न रोष्ट्रममा बोलाउनेवित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो ।

प्रमुख प्रतिपक्षीको अवरोधका कारण उक्त कार्यसूची अगाडि बढ्न पाएको थिएन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ५५ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति