शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्छु : मन्त्री श्रेष्ठ « Khabarhub

शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्छु : मन्त्री श्रेष्ठ


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारवाही गर्ने चेतावनी दिएकी छन् ।

उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी हुन् ।

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल मार्फत शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गरेकी हुन् । शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा उनले व्यक्त गरिन् ।

उनले भनेकी छन्, “म आह्वान गर्न चाहन्छु सबै जनालाई कानुनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ । अब यो कार्यान्वयनको पाटोमा जानुपर्छ ।” उनले शिक्षकले राजनीतिक क्षेत्रमा आबद्ध हुँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको बताइन ।

“त्यसकारण कसैले पनि राजनीतिक दलको सदस्यता शिक्षक, प्राध्यापक बहालवाला शिक्षक एवं प्राध्यापकहरुले राजनीतिक सदस्यता नलिनूहोला र राजनीतिक दलको कुनै पनि समितिमा नबसिदिनूहुन म सचेत गराउछु,” मन्त्री श्रेष्ठले भनिन, “अब शिक्षा क्षेत्र दलीय राजनीतिकबाट मुक्त हुनैपर्छ ।”

उनले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । यस्ता उजुरी र गुनासोउपर काम एवं कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायलाई मन्त्री श्रेष्ठले सन्देशमा आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ४८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण