इजरायली सेना अल-शिफा अस्पतालबाट फिर्ता | Khabarhub Khabarhub

इजरायली सेना अल-शिफा अस्पतालबाट फिर्ता


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल-शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ । 

इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई छ । यद्यपि इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन ।

प्रत्यक्षदर्शीको भनाइमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो । हमास सरकारद्वारा सञ्चालित सञ्चार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको छ ।

हमासको मुख्य अखडा रहेको विश्वासमा अल-शिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो । यसक्रममा सेनाले अल–शिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकु मारिएको दाबी गरेको थियो । 

इजरायली सेनाले अस्पतालबाट हमास र इस्लामिक जिहादका लडाकूका हातहतियार र रकम बरामद गरेको दाबी गरेको थियो । हमासले अल–शिफा र अन्य स्वास्थ्य संस्थाहरूमा आफ्ना लडाकु नरहेको बताउँदै आएको थियो । 

हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अल-शिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरू बरामद गरिएको जनाएको छ । मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको र ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको छ ।

एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरूलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

इजरायली सेनाले अल–शिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए । इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो । 

यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरूमा पनि घातक हवाई हमला गरेको छ । गाजाका कयौं स्थानमा हमास र इजरायली सैनिकबीच भिडन्तहरू भइरहेका छन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : १६ बजे

गिरिजाबाबु लिगेसी हो, उहाँ नभएको भए वृहत शान्ति सम्झौता हुने थिएन : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका अग्रज नेता महेश आचार्यले लोकनायक गिरिजाप्रसाद कोइरालामा

नेपाल-चीन मित्रता वर्णन गर्ने दस्तावेज, ‘सुमधुर सम्बन्धका ७० साल’

काठमाडौं- नेपाल र उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध

एकीकृत समाजवादीले सोध्यो नेत्री झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

मोहन बस्नेतलाई इङ्गित गर्दै गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री